
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले नटिङघम फरेस्टलाई हराएको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले फरेस्टलाई ३–२ ले हराएको हो ।
आफ्नै मैदान एन्फील्डमा भएको खेलमा लिभरपुललाई विजयी गराउन डिएगो जोटाले दुई गोल गर्दा मोहम्मद सलाहले एक गोल थपे । फरेष्टको लागि निको विलियम्स र मोर्गान गिब्स ह्वाइटले एक एक गोल फर्काए ।
खेलको ४७ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई सुरूवाती अग्रता दिलाएका थिए । ५१ औं मिनेटमा विलियम्सले गोल गर्दै फरेस्टलाई १–१ को बराबरीमा ल्याए । ५५ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २–१ को ले अग्रता दिलाए । ६७ औं मिनेटमा मोर्गानले गोल गर्दै फरेस्टलाई २–२ को बराबरीमा ल्याए । त्यसपछि ७० औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३–२ को जित दिलाए ।
प्रिमियर लिगकै अन्य खेलहरुमा फुल्हमले लिड्स युनाइटेडलाई २–१ ले हराउँदा लेष्टर सिटीले वुल्भरह्याम्प्टन वान्डरर्समाथि २–१ कै जित निकाल्यो । यसैगरि ब्रेन्टफोर्ड र एस्टन भिल्लाले १–१ गोलको बराबरी खेल्दा क्रिष्टल प्यालेस र एभर्टनले गोलरहित बराबरीमा चित्त बुझाए ।
प्रतिक्रिया दिनुहोस्