
web pic
काठमाडौं । पाँचथरमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
आइतबार बिहान फालेलुङ–८ लुवाफुबाट फिदिम जाँदै गरेको मे १ ज २९५८ नम्बरको भ्यान फिदिम–११ चम्पेटारमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा फालेलुङ–८ का साजन केरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको हो ।
घाइते ५ मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्