
काठमाडौं । केही दिनभित्रमा छायांकनको तयारीमा रहेको चलचित्र ‘सिटामोल’ मा सौगात मल्ल र बेनिशा हमालको जोडी बाँधिने भएको छ ।
गत शनिबारदेखि ‘झुम्का कानैमा’ बोलको गीतको रेकर्ड गर्न थालिएको हो । म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको गीतमा गोविन्द भट्टको शब्द, बाबुल गिरीको संगीत तथा एरेन्ज रहेको गीतमा बाबुल गिरी र रोशनी श्रेष्ठ राईको स्वर रहेकाे छ ।
राजबहादुर सानेको निर्देशनमा बन्न लागेको यस चलचित्रमा सौगात, बेनिशा, बुद्धी तामाङ, ज्ञानु सुनार, ध्रुव दत्त अनुबन्धित भइसकेका छन् । यसअधि निर्देशक राजबहादुरले ‘वृन्दावन’, ‘वीरंगना’ जस्ता चलचित्रको निर्देशन गरिसकेका छन् ।
चलचित्रमा रमेश वन गोसाईं र श्याम थापाको लगानी रहने भएकाे छ । चलचित्रको कथा राजबहादुर स्वयंको हो भने स्क्रिप्ट डाक्टरको काम प्रदीप भारद्वाजले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्