१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


यूएईले सिंगापुरलाई दियो ४७२ रनको विशाल लक्ष्य


2.418k
Shares

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले सिंगापुरलाई ४७२ रनको विशाल लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले ४७१ रन बनाएको हो ।

यो कीर्तिपुर मैदानमा ५० ओभरमा बनेको अहिलेसम्मकै उच्च स्कोर हो । यूएईका लागि कप्तान मोहमद वासिम र वृत्य अरबिन्दले शतकीय पारी खेले । १७४ रन बनाएका अरबिन्दले १७ चौका र ७ छक्का हाने । वासिमले विस्फोटक ब्याटिङ गर्दै ८२ बलमा १६० रन बनाए ।

आइतबारको अर्को खेलमा मलेसियाले ओमानसामु २२८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २२७ रनको योगफल खडा गरेको हो । मलेसियाका विरन्दिप सिंहले ९४ रन बनाए । मोहम्मद सहादतले ५५ रन बनाए ।

ओमानका कप्तान जिसन मक्सुदले चार विकेट लिए । १० ओभर बलिङ गरेका मक्सुदले ३५ रन खर्चिए ।

प्रतियोगितामा दुवै टिमको यो तेस्रो खेल हो । मलेसियाले दुई खेलमध्ये एकमा जित र एकमा हारको नतिजा आत्मसाथ गर्दा ओमानले पनि एक खेलमा जित र अर्कोमा हार व्यहोरेको छ ।