
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक ०.९९ प्रतिशतले घटेको छ ।
नेप्से १८.८० अंकले घटेर १८८५.६० को बिन्दुमा झरेको हो । आइतबार २ सय ६५ कम्पनीका २७ लाख ३४ हजार ३ सय ७ कित्ता सेयर ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सेन्सेटिभ इन्डेक्स पनि १.१० प्रतिशतले घटेर ३ सय ५९.१३ को बिन्दुमा झेरको छ ।
आइतबार होटेल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । १३ मध्ये होटेल तथा पर्यटन समूहको सूचक उकालो लागेको छ । यो समूहको समूहगत सूचक सार्वधिक ०.३१ प्रतिशतले बढेको छ । अरू १२ समूहको समूहगत सूचक ओरालो लागेको छ ।
ट्रेडिङ समूहको समूहगत सूचक सर्वाधिक १.४७ प्रतिशतले घटेको छ । सनराईज ब्लुचिप फन्ड र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेर बन्द भएको छ ।
सनराइज फोकस इक्विटी फन्डको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेर बन्द भएको छ ।
प्रतिक्रिया दिनुहोस्