१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कलाकार मदनकृष्णले रक्तदान कार्यक्रम आयोजना गरी मनाए जन्मदिन


130
Shares

काठमाडौं । अग्रज कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो ७४औं जन्मदिन रक्तदान कार्यक्रमको आयोजना गरेर मनाएका छन् ।

आइतबार आफ्नो जन्मदिनको अवसरमा पाटन दरबार क्षेत्रमा रक्तदान कार्यक्रमको आयोजना गरी श्रेष्ठले जन्मदिन मनाएका हुन् । सो अवसरमा हरिवंश आचार्य, केदा घिमिरे, किरण केसी लगायतका कलाकारको उपस्थिति रहेको थियो ।

रक्तदान जीवनदान भन्ने नारासहित श्रेष्ठले आफ्नो जन्मदिन भव्यताका साथ मनाएका हुन् । अन्य वर्षहरुमा भन्दा यस पटक फरक तरिकाबाट जन्मदिन मनाएको श्रेष्ठले बताए ।

जन्मदिनको अवसरमा राखिएको रक्तदान कार्यक्रममा कलाकारहरु र आम सर्वसाधारणहरुसमेत रक्तदानका लागि कार्यक्रम स्थल पुगेका थिए ।