२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


भूमिहीन, सुकुम्बासी र मुक्त कमैयाका समस्या समाधान गर्छु: मन्त्री चौधरी


130
Shares

बर्दिया । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्थापन आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।

बर्दियाको मधुवन नगरपालिका–८, टिसियन बस्तीले आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । बर्दिया भूमिहीन, सुकुम्बासी, मुक्त कमैया भएको जिल्ला भएकाे आफू जुन पृष्ठभूमिबाट भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा पुगेकाे मन्त्री चौधरीले बताउनुभएकाे हाे ।

भूमि आयोगका अध्यक्षसँग छलफल भइरहेको भन्दै मन्त्री चौधरीले मन्त्रिपरिषद, संसद भवन जुन ठाँउमा बोल्नु परेपनि भूमि व्यवस्थापन गरेरै छाड्ने विश्वास दिलाउनुभयो । पछिल्लो समय बर्दिया लगायतका देश भर देखिएको सहकारीको समस्यालाई पनि आफूले गम्भीर रुपमा लिएको र यस विषयलाई पनि महत्वपूर्ण रुपमा हेर्ने उहाँको भनाइ थियाे ।

साेही कार्यक्रममा स्थानीयहरुले दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री चौधरीले ज्ञापनपत्रमा उल्लेख भएका विषयहरुलाई गम्भीर रुपमा लिने समेत बताउनुभयाे ।