१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


विद्युत आपूर्तिमा देखिएको समस्या १५ दिनभित्र समाधान हुन्छ : प्रवन्ध निर्देशक घिसिङ


130
Shares

काठमाडाैं । विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सुक्खा यामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा समस्या आएको बताउनुभएको छ ।

आइतवार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उहाँले सुक्खायामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा समस्या आएको बताउनुभएको हो ।

उहाँले पूर्वका उद्योगी व्यवसायीहरुले ४ दिनदेखि विद्युत कटौति गरेर लोडसेडिङ गरेको बताए पनि लोडसेडिङ नभएको दाबी गर्नुभयो । उहाँले विराटनगर करिडोर क्षेत्रमा विद्युत लाइनमा प्राविधिक समस्या तथा सुक्खायामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा कमी भएको कारण विद्युत कटौति गरेको स्वीकार गर्नुभयो ।

प्रवन्ध घिसिङले विराटनगर ओद्योगिक क्षेत्रमा विद्युत आपूर्तिमा प्राविधिक समस्या आएकाले ४ दिन विद्युत लोड कटौति भएको बताउनु भयो । उहाँले सुक्खायाममा माग अनुसार उत्पादन नहुने भन्दै अझ गत वर्षको भन्दा यो वर्ष राम्रो अवस्थामा प्राधिकरण रहेको बताउनु भयो ।

उहाँले गत वर्ष धेरै अफ्ठ्याराे रो अवस्थामा विद्युत आपूर्ति गरेको भन्दै विराटनगर औद्योगिक करिडोरमा देखिएको समस्या तत्काल समाधान हुने बताउनु भयो । उहाँले अहिले उत्पादन घटेको भन्दै प्राधिकरणले अधिकांश औद्योगिक क्षेत्रको लोड कटौति गरेको बताउनु भयो । प्रवन्ध निर्देशक घिसिङले यो ‘सर्ट टर्म’को समस्या भएको भन्दै १०/१५ दिनमा समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो। उहाँले यो वर्ष विद्युत आपूर्तिमा समस्या नहुने गरी काम गरिरहेको दाबी बताउनु भयो ।

उहाँले पूर्वमा सबस्टेसनको ब्रेकरमा समस्या आएकाले केही दिन आपूर्ति प्रभावित भएको बताउनु भयो। उहाँले अहिले समस्या समाधान भइसकेको र शनिवारदेखि विराटनगरमा सामान्य रुपमा विद्युत प्रवाह भइरहेको दाबी गर्नुभयो । उहाँले गत वर्षको हिउँदको समयमा भन्दा यो वर्ष २५ देखि ३० प्रतिशतसम्म विद्युत उत्पादन घटेको बताउनु भयो । उहाँले हिउँ र पानी नपरेकाले निजी क्षेत्रको उत्पादन समेत १५ प्रतिशतको हाराहारीमा मात्रै रहेको बताउनु भयो ।

उहाँले नेपालको कुल जडित क्षमता करिव २५०० मेगावाट पुगेको बताउनु भयो । उहाँले स्थानीय माग धान्नका लागि ५०० मेगावाट विद्युत भारतबाट आयात भइरहेको बताउनु भयो । उहाँले पछिल्लो समय ५०० मेगावाट औद्योगिक लोड थपिएको भन्दै प्राधिकरणले माग गर्ने सबै उद्योगहरुको लोड स्वीकृत गर्ने गरेको बताउनु भयो । उहाँले विद्युतको माग पूरा गर्नका लागि कुलेखानी जलाशययुक्त जलविद्युत आयोजना २४ सै घण्टा चलाइरहेको घिसिङले बताउनु भयो । उहाँले बिहान बेलुकी पीक आवरमा भने दिन नसकिएको स्वीकार गर्नुभयो ।

प्रवन्धक निर्देशक घिसिङले आगामी १०/१५ दिनमा विद्युत मागमा रहेको समस्या समाधान हुने बताउनु भयो । उहाँले यो वर्ष करिव २८०० मेगावाट विद्युत प्रणालीमा पुग्ने भन्दै नेपालको माग २००० मेगावाटसम्म पुग्ने अनुमान रहेको बताउनु भयो । उहाँले पीक आवरको माग भने करिव १७५० मेगावाट पुगेको बताउनु भयो । उहाँले औसत विद्युतको माग करिब १३०० मेगावाट र बेस लोड १२०० मेगावाट रहेको बताउनु भयो । उहाँले विद्युत माग पूरा गरेर नेपालबाट करिव १२०० मेगावाट विद्युत निर्यात गर्र्ने गरी प्राधिकरणले योजना बनाइरहेको बताउनु भयो। उहाँले जेठको पहिलो हप्ताबाट नै विद्युत निर्यात गर्ने बताउनु भयो । उहाँले सर्ट समयको लागि सुक्खाको कारण भएको समस्यालाई ठूलो समस्याका रुपमा लिन नहुने बताउनु भयो ।

उहाँले उद्योगहरुले अहिले लोडसेडिङ भयो भनेपनि गत वर्ष उद्योग नचलेको कारण धेरै विद्युत खेर गएको बताउनु भयो । उहाँले उद्योगीहरुले वर्षामा उद्योग नचलाउने भएकाले वर्षाको विद्युत खेर फाल्नुपर्ने अवस्था रहेको बताउनु भयो। उहाँले विद्युत माग अनुसार पाउनको लागि उद्योगहरुले तालिका बनाएर सञ्चालन गर्नु आवश्यक रहेको बताउनु भयो । जाडो महिनामा काठमाडौं र पोखरामा र गर्मी महिनामा तराईमा विद्युतको माग धेरै हुने गरेको उहाँको भनाइ छ ।