१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एपीएफ र आर्मीको विजयी शुरुवात


130
Shares

काठमाडौं । मेयर कप खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फ एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेका छन् ।

ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा आईतवार एपीएफले आयोजक ललितपुर महानगरपालिका सिटीलाई ३–० को सेटमा हराएर सुखद सुरुआत गरेको हो । एपीएफले ललितपुरमाथि २५–६,२५–७ र २५–१४ को सेटमा जित निकालेको हो ।

यस्तै, आर्मीले कोटेश्वर मल्टिपल क्याम्पसलाई ३–० को सेटमा हरायो । आर्मीले कोटेश्वरमाथि २५–६,२५–४ र २५–५ को सेटमा जित निकाल्यो । पुरुषतर्फ ललितपुर महानगरपालिका सिटी र नेपाल गणतान्त्रिक खेलकुदले जित निकालेका छन् । ललितपुरले बोगटी समाज ललितपुरलाई २५–२०,२५–१८ र २५–१९ ले हराएको हो ।

नेपाल गणतान्त्रिकले पाटन मल्टिपल क्याम्पसलाई २५–१२, २५–२० र २५–१५ ले हराएको छ । ललितपुर महानगरको आयोजना र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको ब्यवस्थापन रहेको प्रतियोगितामा ८ पुरुष र ७ महिला गरि १५ टिम सहभागी छन् ।

प्रतियोगिताको विजेता टिमले समान दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।