
फाइल तस्बीर
काठमाडाैं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ को मतगणना आज नहुने भएकाे छ ।
आज बसेको सर्वदलीय बैठकले भोलि बिहान ६ बजे सर्वदलीय बैठक बसेर मतगणनासम्बन्धमा निर्णय गर्ने सहमति भएकाे हाे।
प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार आजको सर्वदलीय बैठकमा सबै उम्मेदवार उपस्थिति नभएपछि मतगणना हुन नसकेकाे हाे ।
कलैया उपमहानगरपालिका वडा नम्बर ३ को गंगानगरस्थित शैक्षिक तालिम केन्द्रमा मतगणनास्थल बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्