१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तनहुँ १ मा रास्वपाका वाग्ले प्रतिष्पर्धी भन्दा दोब्बर मतले अगाडि


5.967k
Shares

काठमाडौं । प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा आइतबार उपनिर्वाचन भएकोमा तनहुँ १ मा मात्रै मतगणना भईरहेको छ ।

तनहुँको १ को मत गणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णीम वाग्ले दोब्बर बढी मतले अगाडि रहनु भएको छ ।

नौ हजार बढी मत गणना गर्दा वाग्लेले पाँच हजार १९ मत पाउनु भएको छ । निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले दुई हजार ३ सय ५१ मत पाउनु भएको छ ।

यस्तै नेकपा (एमाले) का उमेदवार सर्वेन्द्र खनालले एक हजार ५ सय ४९ मत प्राप्त गर्नुभएको छ ।

सो क्षेत्रमा ५३ हजार बढी मत खसेको छ । चितवन र बारामा भने अझै मत गणना सुरु हुन सकेको छैन ।

चितवन क्षेत्र नम्बर २ मा अहिले विहान ८ बजे सर्वपक्षीय बैठक बोलाईएको छ । सोमबारैदेखि मतगणना गर्ने भनिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकका दल सर्वपक्षीय बैठक गर्नै तयार नभएपछि बैठक सोमबारका लागि बोलाइएको हो ।

चितवन–२ मा ६३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

बारामा अहिले बिहान सर्वपक्षिय बैठक बसिरहेको छ । सर्वपक्षीय बैठकलगत्तै मत गणना सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

बारा–२ मा कुल ६४ प्रतिशत मत खसेको छ ।