
एजेन्सी । केन्याको तटीय शहर मालिन्दीको जंगलमा ४७ वटा बेवारिसे शव फेला परेको छ ।
स्थानीय चर्चका पादरी पल मेकेन्जी एन्थेन्गेले आफ्ना अनुयायीहरुलाई भोकै बसे ईश्वरसँग भेट हुने अफवाह फैलाएको आधारमा भोकै बसेका ति अनुयायीहरुको मृत्यु भएपछि शव गाडिएको अनुमान गरिएको छ ।
गत अप्रील १५ मा गलत प्रचारप्रसारको आरोपमा पक्राउ परेका पादरी मेकेन्जी एन्थेन्गे हाल हिरासतमै रहेको बेला शवहरु फेला परेका हुन् । जसमा बालबालिको शव समेत रहेका छ । ५८ वटा चिहान बनाई गाडिएको शवमा अधिकांश एकै परिवारका रहेका छन् ।
हाल मालिन्दी शहरको वरिपरिको जंगललाई सिल गरी अनुसन्धान थालिएको छ । सुरुमा केन्यामा ब्याप्त भोकमरीका कारण आत्महत्या गरेको अनुमान गरेको प्रहरीले पादरीका कारण मृत्यु भएको खुलासा भएपछि विस्तृत अनुसन्धान थालेको हो ।
प्रतिक्रिया दिनुहोस्