
web pic
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत सोमबार एक खेल हुँदैछ ।
लिगको १२ औं चरण अन्तर्गत सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विभागीय टोली एपीएफ क्लब र एफसी खुमलटारबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।
एपीएफ र खुमलटार दुवै टोली पाँचौं जितको योजनामा हुनेछन् ।
एपीएफ १४ अंक जोडेर नवौं स्थानमा रहेको छ भने खुमलटार १३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्