
एजेन्सी । भारतीय अभिनेत्री उर्वशी रौतेलाले आफूलाई फिल्म समीक्षक र पत्रकार बताउने उमर सन्धु नाम गरेका एक व्यक्तिलाई मानहानीको पत्र पठाएकी छिन् ।
उर्वशीले उमरले फिल्म समीक्षाको नाममा झुटो समाचार प्रसारण गरेको आरोप लगाएकी हुन् । वास्तवमा उमरले आफ्नो ट्वीटर ह्यान्डलमा उर्वशी र दक्षिण अभिनेता अखिल अक्किनेनीसँगको फोटो सेयर गरेका छन् ।
यो तस्बिरसँगै उनले अखिलले सुटिङका क्रममा उर्वशीलाई दुर्व्यवहार गरेको लेखेका थिए । उनले यस्ता कुरा पनि लेखेका छन्, जसको उर्वशीले कहिल्यै उल्लेख गरेकी छैनन्, यो देखेर उर्वशीले उमरविरुद्ध यस्तो कदम उठाएकी छन् । हालै अभिनेत्री सेलिना जेटलीले पनि झुटो समाचार प्रसारण गरेकोमा उमरलाई गाली गरेकी थिइन् ।
उमर सन्धु आफूलाई फिल्म समीक्षक र पत्रकार बताउँछन् । उनी दिनहुँ फिल्मी कलाकारहरु विरुद्ध अश्लील कुरा लेख्छन् । उनको निशाना मूलतः अभिनेत्रीहरु माथि हुने गर्दछ ।
उमरले उक्त ट्विटमा लेखेका छन्, ‘एजेन्ट फिल्मको सुटिङका क्रममा अखिलले बलिउड अभिनेत्री उर्वशी रौतेलालाई दुर्व्यवहार गरेका थिए । उनीसँग काम गर्दा उर्वशी निकै असुरक्षित महसुस गरिरहेकी थिइन् । उनले अखिललाई दिमागहीन अभिनेता भनेकी छिन् ।’
उमरले ट्वीटरमा यस्तो पोष्ट सार्वजनिक गरेपछि उर्वशीले मानहानीको पत्र पठाउँदै आक्रोश व्यक्त गरेकी छिन् ।
उर्वशीले सामाजिक सञ्जालमा उमरलाई चेतावनी दिँदै लेखेकी छिन्, ‘मेरो कानूनी टोलीले तपाईलाई मानहानीको पत्र पठाएको छ । तपाई एक पतित पत्रकार हुनुहुन्छ, तपाईको कुरूप ट्विटले सबै कलाकार रिसाउँछन् । तपाईं मेरो प्रवक्ता होइन। तपाई एक पत्रकार हो, जसलाई केही कुराको ज्ञान छैन् । तपाईको कारणले म र मेरो परिवार l निकै चिन्तित छ ।’
प्रतिक्रिया दिनुहोस्