१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँ– १ मा रास्वपाका वाग्ले अघि बढेको बढ्यै, १० हजार मत कटाए


2.821k
Shares

काठमाडौं । तनहुँ क्षेत्र नम्बर– १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता कायमै राख्नु भएको छ ।

सो क्षेत्रमा आइतबार मतदान भएको थियो । पछिल्लो मतपरिणाम अनुसार १८ हजार ६६१ मतगणना हुँदा रास्वपाका उम्मेदवार वाग्लेले १० हजार २५९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार ७९७ मत प्राप्त गर्नुभएको छ ।

सो क्षेत्रमा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ । रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली भएको थियो । त्यसकारण त्यहाँ उपनिर्वाचन भएको हो ।