
काठमाडौं । तनहुँ क्षेत्र नम्बर– १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले ११ हजार मत कटाउनु भएको छ ।
पछिल्लो परिणाम अनुसार डा. वाग्लेले ११ हजार ४२८ मत पाउनु भएको छ । निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६ हजार ४३५ मत पाउनु भएको छ ।
यस्तै, नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ७४८ मत प्राप्त गर्नुभएको छ ।
सो क्षेत्रमा ६३ हजार सात सय ५७ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्