२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


उपनिर्वाचनमा ठूला दलप्रति जनताको चासो देखिएन: सभापति देउवा


3.38k
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताउनुभएकाे छ ।

सोमबार संसद भवन नयाँबानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । सभापति देउवाले उपनिर्वाचनमा ठूला पार्टीप्रति जनताको त्यति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने बताउनुभएकाे छ ।

सभापति देउवाले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताउनुभएकाे बैठकमा सहभागी एक नेताले बताए । बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गरेका वीपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए ।

सांसदहरूले आगामी बजेटमा जनताका माग कसरी सम्बोधन गर्ने र पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेको जनाइएकाे छ ।