१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्याे


208
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ ।

मुख्यमन्त्री लिला गिरीले सोमबार प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उहाँ नेतृत्वको सरकार ढलेको हो । प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको थियो । यससँगै मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो ।

लुम्बिनी प्रदेशमा ८७ जना सांसद रहने प्रावधान रहेको छ । मुख्यमन्त्री गिरीलाई सत्ता टिकाइ राख्न ४४ सांसदको आवश्यक रहेको थियो । तर, उहाँले बहुमतका लागि आवश्यक भन्दा कम मत पाउनुभएको हो । सोमबारको मतदानमा एक सांसद भने उपस्थित भएका थिएनन् ।

यसअघि विश्वासको मत नपाएपछि सूदूरपश्चिम र गण्डकीमा पनि एमाले नेतृत्वको सरकार ढलेको थियो । सदूरपश्चिममा एमाले सरकार ढलेर नेपाली कांग्रेस नेतृत्वको सरकार बनेको छ । गण्डकीमा नयाँ सरकार बनाउन छलफल चलिरहेको छ ।

अब कोशी प्रदेशमा मात्रै एमाले नेृतत्वको सरकार बाँकी रहेको छ ।