७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बारा-२ मा मतगणना सुरू


312
Shares

काठमाडाैं । बारा-२ मा भएको उपनिर्वाचनको मतगणना साेमबार सुरु भएको छ ।

बारा शैक्षिक तालिम केन्द्रमा केही समय अघि मात्र मतगणना सुरु भएकाे हाे । मतगणना करैयामाई गाउँपालिका-१ र सुवर्णपुर गाउँपालिका-१ बाट सुरु गरिएको हाे ।

बारा-२ मा सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार रहेका छन् ।

गत मंसिर ४ गते भएकाे निर्वाचनमा बारा-२ बाट विजयी हुुनुभएका जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको हाे ।