
चितवन । चितवन क्षेत्र नम्बर २ मा पनि प्रतिनिधिसभा अन्तर्गतकाे उपनिर्वाचनको मतगणना सुरू भएको छ।
दिउँसो १ बजेबाट मतगणना गर्ने सहमति भएपनि दुई बजेपछि मात्र गणना सुरु भएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
इच्छामनकामना गाँउपालिका १ र ३ वडाबाट मत गणना सुरु भएको छ । आइतबार भएको मतदानमा चितवन-२ मा ७८ हजार २७७ मत खसेको थियो ।
चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठलगायत प्रतिस्पर्धीबीच प्रतिस्पर्धा भइरहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्