
काठमाडौं । सूर्य नेपाल प्रालिले आफ्नो नयाँ उत्पादन मंगलदीप चम्पा अगरबत्ती धेरै काँटिसहितको जिपलक प्याकमा बजारमा सार्वजनिक गरेको छ ।
यस जिपलक प्याकमा १६५ वटा सुगन्धित र गुणस्तरीय काँटीहरु रहेका छन् । जसको मूल्य रुपैयाँ १ सय प्रति प्याक कायम गरीएको छ । जिपलकमा उपलब्ध भएको कारणले मंगलदीप चम्पाको यो प्याकका काँटीको सुगन्ध बढि समयसम्म कायम रहने छ ।
जिपलक प्याकले उत्कृष्ट गुणस्तरियता कायम राखी मंगलदीप ब्राण्डको छवि र ब्राण्ड प्रति उपभोक्ताको लगावलाई अझ सुदृढ बनाउने विश्वास कम्पनीले लिएको छ ।
१६५ वटा सुगन्धित एवं गुणस्तरिय काँटी भएकोले चम्पा जिपलक लामो समयसम्म चल्नेछ । जसले गर्दा छोटो अन्तरालमा अगरबत्ती खरिद गर्नुपर्ने वाध्यताको अन्त्य हुनेछ । हरेक प्रयोग पछि जिपलक बन्दगरी सुरक्षित तवरले राख्दा सहज भण्डारीकरणको साथै गुणस्तरियतामा कुनै ह्रास नआउने कम्पनीले जनाएको छ ।
मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, अर्पण, चन्दन, ल्यावेंडर, ज्यासमिन, त्रिसारा, त्रेया तथा पुष्पाञ्जली लगायतका विभिन्न ब्राण्डहरु बजारमा उपलब्ध छन् ।
प्रतिक्रिया दिनुहोस्