१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


उपनिर्वाचन : बारा–२ मा शिवचन्द्र कुशवाहकाे अग्रता कायमै


2.886k
Shares

काठमाडौं । बारा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहकाे अग्रता कायमै रहेकाे छ ।

सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार कुशवाहले १ हजार १४६ मत पाउनु भएकाे छ ।

त्यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १ हजार ११७ मत पाउनु भएको छ ।

नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५३८ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा आइतबार मतदान भएको थियो । मतगणना भने सोमबारबाट सुरु भएको हो ।

गत वर्ष मंसिर ४ मा भएको आम निर्वाचनमा सो क्षेत्रबाट जसपाका रामसहाय प्रसाद यादव विजयी हुनुभएको थियो । चैत ३ मा यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली भएको थियो । त्यही कारण उपनिर्वाचन भएको हो ।