
फाइल तस्बिर
काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले अग्रता बढाउनु भएकाे छ ।
आइतबार सम्पन्न उपनिर्वाचनको पछिल्लाे मत गणनाको परिणाम अनुसार रास्वपा उम्मेदवार लामिछानेले ३ हजार ६०२ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपानेले २ हजार ८२ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले १ हजार ४९४ मत प्राप्त गर्नुभएको छ ।
मतगणना जारी छ ।
प्रतिक्रिया दिनुहोस्