२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लोकतन्त्रको गलत अभ्यास भयो : खिमलाल भट्टराई


4.017k
Shares

काठमाडौं । नेकपा एमालेका नेता खिमलाल भट्टराईले पछिल्ला राजनीतिक घटनाले लोकतन्त्रलाई कमजोर बनाइरहेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित ‘नेपाली परिवेशमा लोकतन्त्रका आयाम’ विचार संवाद कार्यक्रम उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले लोकतन्त्रमा जनमतको कदर हुन नसकेको बताउनुभयो । उहाँले अहिलेको राजनीतिक अभ्यासले जनमतको कदर नगरेको दाबी गर्नुभयो ।

उहाँले जनताले रोजेको पहिलो पार्टी नेकपा एमाले प्रमुख प्रतिपक्षमा र संसदमा ठूलो रहेको पार्टी सहयोगीको भुमिका रहनु भनेको लोकतन्त्रको गलत अभ्यास रहेको बताउनुभयो । उहाँले लोकतन्त्रको गलत अभ्यासबाट वर्तमान चुनौतिलाई पार लगाउन नसकिने स्पष्ट पार्नुभयो ।

नेता भट्टराईले नेपाली काँग्रेस टेको बिना उभिनै नसक्ने स्थितिमा पुगिसकेको बताउनुभयो ।