१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बंगलादेशमा चट्याङ लागेर ९ जनाको मृत्यु


78
Shares

एजेन्सी । बंगलादेशमा चट्याङ लागेर ९ जनाको मृत्यु भएको छ ।

बिहानको समयमा भारी वर्षासहित चट्याङ पर्दा २ घण्टाको अवधिमा ९ जनाको मृत्यु भएको हो ।सुनामगञ्ज, मौलवीबजार र सिलहट जिल्लाका विभिन्न क्षेत्रमा मेघगर्जनसहित भारी वर्षा भएपछि चट्याङ परेको हो ।

मृत्यु हुनेमा खेतबारीमा काम गरिरहेका किसानहरु रहेका छन् । मौसम परिवर्तनसँगै हुने वर्षा र चट्याङका कारण दक्षिण एशियाली मुलुकहरुमा सयौं मानिसकाे मृत्यु हुने गरेको छ ।

जलवायु परिवर्तनको असर झेलिरहेका विश्वका गरीब देशहरु मध्ये बंगलादेश पनि एक हो ।