
काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने ३३ हजारभन्दा बढी मत अन्तरले अगाडि हुनुहुन्छ ।
लामिछाने नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठभन्दा ३३ हजार ८ सय ९ मत अन्तरले अगाडि हुनुहुन्छ ।
आइतबार सम्पन्न उपनिर्वाचनको पछिल्लो मत गणनाको परिणाम अनुसार रास्वपा उम्मेदवार लामिछानेले ४१ हजार ५ सय ४ मत र श्रेष्ठले ७ हजार ६ सय ९५ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार ३ सय ९९ मत प्राप्त गर्नुभएको छ ।
यो क्षेत्रको मतगणना जारी छ ।
प्रतिक्रिया दिनुहोस्