
काठमाडौं । बारा–२ मा जनता समाजावदी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाउनु भएको छ ।
प्राप्त पछिल्लो मत परिणामअनुसार जसपाका यादवले १२ हजार १ सय १९ मत प्राप्त गर्नुभएको छ भने जनमत पार्टीका शिवचन्द्र कुशवाहले ७ हजार ६ सय ९३ तथा नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले ४ हजार ३ सय २८ मत प्राप्त गर्नुभएको छ ।
अर्का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले १ हजार ९ सय ४१ मत प्राप्त गर्नुभएको छ ।
अहिले मतगणना जारी छ । आइतबार भएको निर्वाचनमा बारा–२ मा ६८ हजार ८ सय ८७ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्