१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्थगित बारा–२ को मतगणना सुचारू


2.028k
Shares

काठमाडौं । केही समय स्थगित भएको बारा क्षेत्र नम्बर २ को मत गणना पुनः सुरू भएको छ ।

मतगणनास्थलमा रहेका राजनीतिक दलका प्रतिनिधिहरूबीच विवाद सृजना भएपछि करिब एक घण्टा मतगणना स्थगित भएको थियो ।

अहिले मतगणना सुचारू भइसकेको छ ।

बारा– २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव अग्रस्थानमा रहनु भएको छ । यादवलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहले पछ्याइरहनु भएको छ ।