
पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएकाे छ । ।
मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते सदनबाट विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनकाे लागि प्रदेश प्रमुख गुरुङले आह्वान गर्नुभएकाे हाे ।
प्रदेश प्रमुख गुरुङ नयाँ सरकार गठनका लागि आजदेखि ३ दिन अर्थात् वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिइएको छ ।
प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न ३ दिनभित्र दाबी गर्न आह्वान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्