१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्छ : धनराज गुरुङ


6.071k
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।

गाउँघरमा बाँदर आतंक फैलिएको उल्लेख गर्दै उहाँले त्यसलाई निर्यात गर्ने निर्णय गरेर जाँदा मुलुकलाई आर्थिक संकटमा राहत मिल्ने पनि बताउनुभयो । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले किसानको बाली लुटेर लैजाने बाँदरलाई निर्यात गर्दा कसो होला पनि जिज्ञासा पनि राख्नुभयो ।

उहाँले मुलुक आर्थिक महासंकटबाट गुज्रिएको उल्लेख गर्दै त्यसको निदानका लागि सत्तापक्ष र प्रतिपक्ष सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो । उपसभापति गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि भ्रष्टाचार नियन्त्रण गर्नु पहिलो सर्त रहेको पनि दोहोर्‍याउनुभयो ।

उपसभापति गुरुङले भ्रष्टाचार नियन्त्रण नगरे जुनसुकै उद्योगधन्दा संचालन गरे पनि नेपाल उभो नलाग्ने आफूले देखेको पटकपटक दोहोर्‍याउनुभयो ।