१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


प्रदेश सरकारको “बुद्धभूमि नगरलाई भिडियो एक्स-रे, सर्पदंशलाई आइसियु बेडका योजना”


858
Shares

सुशील गैरे
कपिलवस्तु । कपिलवस्तु सर्पदंश उपचार केन्द्रलाई थप व्यवस्थित गर्न प्रदेश सरकारको आइसियु बेड हस्तान्तरण गरेको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले बुद्धभूमि नगरपालिका र सर्प दंश उपचार केन्द्रलाई सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

प्रदेश सरकारबाट नगरपालिकालाई भिडियो एक्स-रेसहितका उपकरण हस्तान्तरण गरिएको छ । उपचार केन्द्रलाई थप व्यवस्थित गर्नका लागि सामाग्री सहयोग गरिएको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थीले बताउनुभयो ।

यसै गरी प्रदेश सरकारले कपिलवस्तु सर्पदंश उपचार केन्द्रलाई आइसियु बेडसहित अन्य उपकरण हस्तान्तरण गरेको लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले बताउनुभयो ।

पालिकामा स्वास्थ्यको अवस्था सुधारको लागि ती सामाग्री सहयोग गरिएको हो । नगरपालिकाले गर्भवती आमा र भ्रूण चेक जाँच गर्न भिडियो एक्स-रे उपकरण सेवा छिटै सञ्चालन गर्नु पर्नेमा लामिछानेले जोड दिनुभयो । गर्भवती आमाहरूलाई गर्भ चेक जाँचका लागि बाहिर जानु नपर्ने र निःशुल्क सेवा प्रदान हुने लामिछानेले बताउनुभयो ।

कपिलवस्तु सर्पदंश उपचार २ थान आइसियु बेड (उपकरण बाहेक) सहितका सामाग्री हस्तान्तरण गरिएको छ । प्रदेश सरकारबाट केन्द्रलाई अक्सिजन सिलिन्डर ८ थान, अक्सिजन कन्सनट्रेटर ४ थान र बिरामी परीक्षण गर्ने बेड १ थान समेत सहयोग गरिएकाे केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताउनुभयो ।