
काठमाडौं । अन्तर्राष्ट्रिय गृह श्रमिकको दोस्रो सम्मेलन काठमाडौंमा सुरु भएको छ ।
मंगलबारबाट सुरु भएको सम्मेलन चार दिनसम्म चल्ने छ । सम्मेलनमा भुटान, अफ्रिका, बंगलादेश, थाइल्यान्ड, युगाण्डा, ब्रापजल, अर्जेन्टिना, अफ्रिका, नेपाललगायत २९ देशका गृह श्रमिकको सहभागिता रहेको छ ।
सम्मेलनमा विभिन्न देशका गृह श्रमिकले बनाएका सामाग्रीहरु प्रदर्शनमा राखिएका छन् । सम्मेलनमा २९ देशका १ सय २७ जना गृह श्रमिक सहभागी छन् ।
गृह श्रमिकहरुले आ-आफ्ना देशको कला तथा झाँकीहरु प्रस्तुत गरेका थिए ।
सम्मेलनमा गृह श्रमिकका विषयमा छलफल गरिने होमनेट दक्षिण एसियाकी क्षेत्रीय संयोजक सृष्टि जोशी मल्लले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्