
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय टोली नेपाल फर्किएको छ ।
मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अध्यक्ष तिमिल्सिना सहितको रुस भ्रमणकारी टोली स्वदेश फर्किएको हो ।
रुस भ्रमणका क्रममा रुसका उच्च पदस्थ व्यक्तिहरुसँग भेटवार्ता गरेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । उहाँले रुसी संसद नेपालसँग सम्बन्ध बिस्तार गर्नका लागि तयार रहेको भेटका क्रममा रुसी पदाधिकारीहरुले बताएको अध्यक्ष तिमिल्सनाले बताउनुभयो ।
उहाँले शोभियत संघको कालखण्डमा भन्दा पनि अझै बढी सहयोग र सम्बन्ध बिस्तार गर्न रुस तयार रहेको बताउनुभयो । उहाँले दुई देशका संसदबीचको सम्पर्क, सम्बन्ध र समझदारी पत्र हस्ताक्षर मात्रै नभइ पूर्वाधारको विकास, नेपाली विद्यार्थी रुसमा अध्ययन गर्न जाने कुरामा वृद्धि गर्ने र जिटुजीमार्फत रासायनिक मल उपलब्ध गराउन सहयोग गर्ने विषयमा पनि छलफल भएको र त्यसमा रुस सरकार सकारात्मक रहेको बताउनुभयो ।
उहाँले जिटुजीमार्फत रासायनिक मल सस्तोमा उपलब्ध गराउन सहयोग गर्ने कुरामा पनि छफल भएको बताउनुभयो । गहुँ उपलब्ध गराउने, व्यापार बिस्तार गर्ने कुरामा पनि रुस सरकार सकारात्मक रहेको बताउनुभयो । त्यस्तै रुस नेपाल सरकारबाट प्रश्ताव भए कान्ति बाल अस्पतालको स्तरवृद्धि गर्ने कुरामा तयार रहेको पनि बताउनुभयो ।
भ्रमणका क्रममा विभिन्न संग्रहालयको अवलोकन गर्ने काम भएको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्