१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महामन्त्री शर्मा भन्छन्– ‘उपनिर्वाचनको परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ’


1.976k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताउनु भएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले यो सन्देश अनुरुप आफूलाई बदलेर नयाँ ढंगले जुट्नु पर्ने बताउनुभयो ।

महामन्त्री शर्माले ट्वीटरमा लेख्नुहुन्छ, ‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ ।’

मतदाताको प्रत्येक मतलाई सम्मान गर्ने बताउनु हुँदै उहाँले नवीन अभियानमा नयाँ ढंगले जुट्ने बताउनुभयो ।