
काठमाडौं । नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ ।
मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताउनुभएको हो ।
पोखरेलले राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचार र कामहरुबाट अभिप्रेरित भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय शक्ति निर्माण गर्दा राष्ट्रको स्वार्थलाई सर्वोपरी राखेर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको पनि बताउनुभयो ।
साथै वर्तमान राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेको पोखरेलको भनाई छ राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र देश बनाउने नेतृत्व एमालेले गरिरहेको उहाँले बताउनुभयो । उहाँले वर्तमान गठबन्धन सिद्धान्तबिहीन,उद्देश्यविहीन र लोकतन्त्रको मूल्य मान्यताविपरित रहेको बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको र देशलाई गलत दिशातर्फ लगिरहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्