
web pic
काठमाडौं । विराटनगरको कन्चनबारी चोक नजिक मालवाहक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
विराटनगरबाट बूढीगंगा गाँउपालिकातर्फ जाँदै गरेको ना.४ ख ८६७९ नम्बरको ट्रकले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो ।
उनको घटनास्थलमै मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्