१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


एसीसी प्रिमियर कप : बहराइनलाई पराजित गर्दै यूएई विजयी


429
Shares

काठमाडौं । नेपालमा जारी एसीसी प्रिमियर कपको समूह ‘बी’ खेलमा बहराइनविरुद्ध सहज जित निकाल्दै युनाइटेड अरब इमिरेट्स (यूएई) सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा बहराइनलाई ८ विकेटले हराउँदै यूएई सेमिफाइनलमा प्रवेश गरेको हाे । यूएईसँगको हारपछि बहराइन प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

बहराइनले प्रस्तुत गरेको ११७ रनको लक्ष्य यूएईले २७.४ ओभरमा दुई विकेट गुमाएर पुरा गरेकाे थियाे । त्यसअघि टस जितेर ब्याटिङमा आएको बहराइन ४०.५ ओभरमा ११६ रनमै समेटिएपछि यूएईले सेमिफाइनल प्रवेशका लागि ११७ रनको झिनो लक्ष्य पाएको थियो ।