
काठमाडौं । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले ‘काँडेतार’ चलचित्रका कुनै दृश्यहरु संवाद नकाटीकन प्रदर्शन गर्न नदिए सेन्सर बोर्डविरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।
बुधबार चलचित्र पत्रकार संघ नेपालको आयोजनामा भएको राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
खड्काले सेन्सर बोर्डले चलचित्रका केही दृश्य र संवादहरु काटेर मात्रै प्रशारण गर्नभन्दै चलचित्र प्रशारणमा रोक लगाएको बताउँदै आफूले चलचित्रमा हटाउनैपर्ने कुनै त्यस्ता दृश्यहरु नरहेकाले सबै दृश्य र संवादहरु राखेर प्रर्दशन गर्न दिन आग्रह गरेको बताए ।
अध्यक्ष खड्काले चलचित्र ‘काँडेतार’ ले सेन्सर सर्टिफिकेट नपाएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्