
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गल्ती स्वीकार्दै माफी माग्नु भएकाे छ ।
मिटरब्याज पीडितमाथि काठमाडौंको शान्तिवाटिकामा प्रहरीले बल प्रयोग गर्नु गल्ती भएको स्वीकार्दै माफी माग्नु भएकाे हाे ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले मिटरब्याज पीडितमाथि भएको प्रहरी बल प्रयोग गर्नु गल्ती भएको स्वीकार्नु भएकाे हाे ।
गृहमन्त्री श्रेष्ठलेआफूले त्यसै दिन विहान बल प्रयोग नगर्न निर्देशन दिएको भएता पनि ठीक ढंगले समन्वय नहुँदा बल प्रयोग गरेर गल्ती भएको बताउनु भयाे ।
प्रतिक्रिया दिनुहोस्