२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


स्वदेशी उत्पादनको सवारीले पायो दर्ता


429
Shares

काठमाडाैं । स्वदेशी उत्पादनको सवारीले अन्तत दर्ता पाएको छ ।

लामो समयदेखि संघर्षमा रहेको तर दर्ता पाउन नसकेका स्वदेशी उत्पादनका सवारी साधनहरुले अन्तत दर्ता पाउने भएका हुन् । यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवस्था, कार्यविधि, २०६० लाई संशोधन तथा थप गर्दै स्वदेशी उत्पादन तथा एसेम्बलिङ सवारी साधनलाई पनि दर्ता दिने बाटो खुल्ला गरेको हो ।

योसँगै अब विदेशबाट पार्टस् तथा कच्चा सामग्री ल्याएर स्वदेशमा सवारी एसेम्बलिङ गर्ने र सबै पार्टस समेतको तयारी सवारी उत्पादन गर्ने कम्पनी र सवारी साधनले समेत दर्ता पाउने भएका छन् । नम्बर प्लेटका लागि भन्सार प्रज्ञापनपत्र (एलसी) नचाहिने व्यवस्था गरिएको विभागले जनाएको छ ।

यसअघि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र कार्यविधि २०६० ले सवारी दर्ताका लागि प्रज्ञापनपत्र र भन्सार तिरेको रसिद अनिवार्य गरेका थियो । जसले गर्दा नेपालमा नै उत्पादित विद्युतीय मोटरसाइकल यात्रीले दर्ता पाउन सकेको थिएन ।