
एजेन्सी । भारतको छत्तीसगढ राज्यको दन्तेवाडामा माओवादीले आक्रमण गर्दा १० जना सुरक्षाकर्मीकाे मृत्यु भएकाे छ ।
साेही आक्रमणमा परी एक सवारी चालकको मृत्यु भएको हाे । मृत्यु भएका जवानहरू डिस्ट्रिक्ट रिजर्भ गार्ड (डीआरजी) का रहेको जनाइएकाे छ । प्रहरीका अनुसार दन्तेवाडाको अरनपुर क्षेत्रमा माओवादी रहेको खबर पाएपछि नक्सल विरोधी अभियानका लागि दन्तेवाडाबाट डीआरजी फोर्स पठाइएको थियो ।
माओवादी विरुद्धको अपरेशन सकेर फर्कने क्रममा अरनपुर सडकमा संदिग्ध माओवादीले बम विष्फोट गराएको थियो । जसका कारण अपरेशनमा संलग्न डीआरजीको गाडीलाई ठक्कर दिएको थियो । त्यसक्रममा १० जवान र गाडी चालकको घटनास्थलमै मृत्यु भएको थियो ।
उक्त क्षेत्रमा खोजी कार्यका लागि थप जवानहरु पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्