
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको दाबी पेस भएको छ ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता पाण्डेलाई नियुक्त गर्न सत्तारुढ दलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेस गरेका हुन् ।
प्रदेश प्रमुख गुरुङले बैशाख १२ गते तीन दिनको समय दिएर सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।
प्रदेश प्रमुखले बिहीबार ४ बजेसम्मको समयसीमा तोकेकोमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित सुरेन्द्रराजलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस भएको छ ।
नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र एकीकृत समाजवादीका राजीव गुरुङको हस्ताक्षरसहित सुरेन्द्रलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गरिएको छ ।
कानुनी परामर्शपछि सरकार ढलेको ३ दिनपछिमात्र प्रदेश प्रमुख गुरुङले उपधारा २ बमोजिम नै बहुमतको सरकार गर्न आह्वान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्