१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विभेदकाविरुद्ध साइकल यात्रामा पत्रकार महिला


247
Shares

परासी । सबै खाले मानवीय विभेदकाविरुद्ध मेची-महाकाली साइकल यात्रामा निस्केका तीन पत्रकार महिलालाई नेपाल पत्रकार महासंघ नवलपरासी शाखाल सम्मान गरेको छ ।

विभेदविरुद्ध बनेका कानुन कार्यान्वयनसहित सबै खाले भेदभावका बारेमा जागरण जगाउने उद्देश्यले पत्रकार महिलाहरुले बैशाख ६ गतेबाट पश्चिम महाकालीको गड्डा चौकीबाट साइकल यात्रा सुरु गरेका हुन् ।

साइकल यात्रामा नवलपरासीकी इन्दिरा विश्वकर्मा, बुटवलकी रिता बुढाथोकी र अर्घाखाँचीकी संगीता नेपाली सहभागी छन् ।

पत्रकार बुढाथोकीले पत्रकारिता गर्ने क्रममा समाजमा रहेको विभेद विकराल देखेकाले त्यसलाई जागरणकै रुपमा अघि बढाउनु पर्ने महशुस गरेर यात्रा आरम्भ गरेको बताउनुभयो ।