
काठमाडौं । बाजुरामा दुई पटक भूकम्प गएको छ ।
बिहीबार राति ११ बजेर ५८ मिनेटमा ४ दशमलव ९ म्याग्निच्युड र शुक्रबार बिहान १ बजेर ३० मिनेटमा ५ दशमवल ९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा रहेको जनाइएको छ ।
मध्यरातमा भूकम्प गएपछि मानिसहरु घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का बाजुरासँगै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।
भूकम्पले के कति क्षति पुर्यायो भन्ने बारेमा सूचना संकलन काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बाजुरा केन्द्रविन्दु भएर गत वैशाख १० गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस्