८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


रेसुङ्गा विमानस्थलमा नियमित उडान हुने


1.352k
Shares

काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित उडान हुने भएको छ ।

नेपाल एअरलाइन्सले शुक्रबारदेखि नियमित उडान गर्न सुरू गरेको हो ।

शुक्रबार बिहान नेपाल एअरलाइन्सको विमान रेसुङ्गा विमानस्थलमा अवतरण गरेको छ । गत पुस २४ गते तारा एयरलाइन्सले परीक्षण उडान गरेको थियो । नेपाल एअरलाइन्सले अब हरेक शुक्रबार एउटा उडान नियमित गर्ने सहमति भएको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताउनु भएको छ ।

शुक्रबारको उडानबाट गएको प्राविधिक टोलीले दिने रिपोर्ट अनुसार ब्यावसायिक उडान गरिने र टिकट दर तय हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

सो विमानस्थलमा १८ सिटे विमानले उडान भर्न सक्ने जनाइएको छ ।