२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रदेश सरकारहरुको नेतृत्वमा आलोपालो हुन्छ : माधव नेपाल


1.586k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश सरकारहरुको नेतृत्वमा आलोपालो हुने बताउनुभएको छ ।

समाजवादी प्रेस संगठन नेपाल धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रदेश सरकारहरुको नेतृत्वमा दलहरु बीचमा आलोपालो हुने बताउनुभएको हो ।

उहाँले प्रदेश सरकारहरु धमाधम परिवर्तन हुन थालेका भन्दै एकीकृत समाजवादी पनि प्रदेश सरकारमा सामेल हुने बताउनुभयो । अध्यक्ष नेपालले जनमत नै मिलेर सरकार बनाउने रहेको उल्लेख गर्दै पार्टीको संख्यात्मक कुरालाई ध्यानमा राखी गठबन्धनका दलहरु बीच बाँडफाँट हुने बताउनुभयो ।

अध्यक्ष नेपालले समाजवादमा प्रतिवद्ध हुने पार्टीहरुका बीचमा समाजवादी मोर्चा बनाउने तयारी रहेको बताउनुभयो । उहाँले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपा एकतावद्ध हुने कुरा पनि भइरहेको बताउनुभयो । उहाँले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायतका अन्य पार्टीहरुसँग पनि मोर्चा बनाउने विषयमा छलफल भइरहेको बताउनुभयो ।

एकीकृत समाजवादी एमाले वा अन्य कुनै पार्टीसँग विलय भने नहुने उहाँको भनाइ छ । आफूहरु समानताको सिद्धान्तको आधारमा र वैचारिक एकरुपताको आधारमा जोसँग पनि हातेमालो गर्दै अघि बढ्ने उहाँको भनाई छ ।