१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


पाटन संग्रहालयमा पूर्वकुमारी बज्राचार्यको फोटो प्रदर्शनी


247
Shares

काठमाडौं । पाटन संग्रहालयमा पाटनकी पूर्वकुमारी (जीवित देवी) समिता बज्रचार्यको जीवनयात्रालाई दर्साउने फोटो प्रदर्शनी जारी छ ।

२०६७ देखि २०७१ सालको अवधिमा पाटनमा जीवित देवी कुमारीको रुपमा पुजिएकी बज्राचार्यको कुमारी घर प्रवेशदेखि बाहिर निस्किएपछि सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल’ सम्मको जीवनीलाई तस्बिरमा समेटेर प्रदर्शनी गरिएको हो ।

बैशाख १३ गतेबाट सुरु भएको प्रदर्शनी बैशाख १९ गतेसम्म चल्ने छ । पूर्वकुमारी बज्राचार्य ८ वर्षको उमेरमा कुमारी हुनुभइ ११ वर्षमा घर फर्किनुभएको थियो । पूर्वकुमारी बज्राचार्यले आफ्नो जीवनको २० वर्षको कुमारी जीवनयात्रालाई फोटोको रुपमा प्रदर्शनी गरेको बताउनुभयो । उहाँले आफूलाई कुमारी बन्न पाएकोमा खुशी लागेको पनि बताउनुभयो ।

प्रदर्शनीमा ४३ वटा तस्बिर रखिएको छ । जसमा कुमारी छनोट, कुमारी घरभित्रको जीवन, अवकाश पाउँदाको समय र पूर्वकुमारी भएपछिको जीवनलाई समेटिएको छ ।