१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचन भएको पाँच महिनापछि पायो संसदले संसदीय समितिले आकार


481
Shares

काठमाडौं । निर्वाचन भएको पाँच महिनापछि संसदले विषयगत समिति पाएको छन् ।

प्रतिनिधि सभाले १० वटा विभिन्न विषयगत समिति गठन गरेको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले विभिन्न समितिका लागि सांसद सदस्यहरूको नाम प्रस्ताव गर्नुभएको हो ।

सभामुख घिमिरेको प्रस्तावलाई संसद्ले अनुमोदन गरेसँगै विषयगत समिति गठन भएका छन् । प्रतिनिधिसभामा १० वटा विषयगत समितिमा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता, कानून, न्याय तथा मानव अधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला तथा सार्वजनिक लेखा समिति लगायत छन् ।

समिति गठनसँगै यसअघि राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भएका विभिन्न विधेयक र प्रतिनिधि सभामा दर्ता भई सदनमा सैद्धान्तिक छलफल भइसकेका विधेयकलाई सम्बन्धित समितिमा पठाउन स्वीकृति समेत दिइएको छ ।

संसदीय समिति नहुँदा सदनमा प्रस्तुत भएका विधेयक अघि बढ्न सकेका थिएनन् ।