१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्थमन्त्री महत र चिनियाँ राजदूतबिच भेटवार्ता


104
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गर्नुभएको छ ।

सो भेटमा टोखा छहरे सुरुङ मार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको छ ।

त्यसैगरी मुस्ताङ, रसुवागढी जस्तै अन्य पहाडी भू–भागमा समेत सुरुङ मार्गहरु बनाउने विषयमा छलफल भएको जनाइएको छ ।

चीनबाट ठूलो संख्यामा पर्यटक नेपाल भित्राउने विषयमा पनि छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री डा. महतले चिनबाट प्राप्त हुने सहयोग नेपालको पूर्वाधार विकासकै क्षेत्रमा लगानी गरेर प्रतिस्पर्धी क्षमता बढाउने बताउनुभयो ।

भेटमा राजदूत सोङले नेपालको पूर्वाधारका विकासका लागि करिब ८० अर्ब रुपैया उपलब्ध गराउन सक्ने जानकारी गराउनुभएको छ । चीन सरकारले उपलब्ध गराउने सहयोग रकमको पूर्वाधार क्षेत्रमै उच्चतम प्रयोग हुने विश्वास राजदूत सोङले व्यक्त गर्नुभयो ।