९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


भारतकाे मुम्बईमा सोमबार नेपाली साँस्कृतिक कार्यक्रम हुने


1.001k
Shares

काठमाडौं । भारतको मुम्बईमा यहि वैशाख १८ गते साेमबार भव्य रूपमा नेपाली साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

साेमबार युरेसिया रेयुकाई मुम्बई शाखाको आयोजनामा साँस्कृतिक कार्यक्रम गर्न लागिएको हाे । कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक अर्जुन सापकोटा र गायिका पूर्णकला बिसी लगायतको बेडोज प्रस्तुती हुने मुम्बई शाखाका अध्यक्ष सागर भण्डारीले बताएका हुन् ।

अर्जुन सापकोटा ‘वनकी चरी’, ‘पछ्यौरी लिसियो’ र ‘दुई दुना चार’ जस्ता चर्चित गीतका गायक हुन भने ‘पिरती नलाम माया’ ‘सनिसार’ र ‘पागल’ हुँदै जस्ता गीतकी गायिका पूर्णकला बिसी हुन् ।

नेपाली कला संस्कृतिको जगेर्ना तथा प्रचारप्रसार गर्ने र मुम्बईमा रहेका नेपालीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भण्डारीले बताए ।

मुम्बईको कामगार कल्याण भवनको हलमा साेमबार दिउँसो साढे ३ बजेदेखि बेलुकी साढे ७ बजेसम्म कार्यक्रम हुने तय भएको उनले बताए । अघिल्ला वर्षहरूमा पनि यस्ता कार्यक्रमहरू दर्जनौँ गरिसक्नु भएका भण्डारीले यस पटकको कार्यक्रम अझ बढी रमाइलो हुने र अझ धेरै सहभागिता हुने अनुमान गरिएको जानकारी दिए ।

मुम्बईमा रहेका नेपालीहरूलाई भरपुर मनोरञ्जन दिन, दुःख भुलाउन र एकता बढाउन कार्यक्रम सफल हुने विश्वास लिएकाे पनि अध्यक्ष भण्डारीकाे तर्क छ ।